जनकपुरधाम चैत / १३ गते
धनुषाको हंसपुर नगरपालिका प्रमुख राम ज्ञान मण्डल द्वारा नगरपालिकाको दुई पोखरीको सौन्दर्यकण का लागी शिलान्यास गरेका छ्न।

हंसपुर नगरपालिकाका मेयर तथा जसपा केन्द्रिय सदस्य विकास प्रेमी युवा नेता मण्डल द्वारा हंसपुर नगरपालिकामा विकास का कामलाई तिव्रता का साथ निरन्तर रुपले अघि बढाएका छ्न।
त्यसै गरि आज एक समारोह बिच फेरी वाड नं. ७ मा २० लाख लागतमा जितवाहन मन्दिर र पोखरी को घाटको शिलान्यास गरेका छन् भने वाड नं. ८ मा ३० लाख लागतमा पालिका कै सबैभन्दा ठूलो र धार्मिक आस्थाका प्रसिद्ध रनुभनु पोखरीको घाट को शिलान्यास गर्नु भयो।

उक्त शिलान्यास कार्यक्रममा हंसपुर नगरपालिकाका प्रमुख ब्याक्तीत्वहरु स्थानीय तथा बुद्धिजीवी, महिला, किसान, लगाइतको उल्लेखनीय ब्यक्तिहरुको सह्भागीता थियो।











