Advertisement

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ, त्यसपछि संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ : गगन थापा

न्युजडेस्क
२०७७ पुष २४, शुक्रबार २०:०२

काठमाडौं, २४ पुष । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार (आज) तरूण दल भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको हो ।

त्यस्तै नेता थापाले प्रतिनिधिसभा पुनःस्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने बताउनुभएको छ । प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गरेपछि प्रतिनिधि सभा पुनःस्थापना हुने नेता थापाको भनाइ छ ।

त्यसपछि संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने बताउदै नेता थापाले बताउनुभयो, ‘तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठीक राख्नुहोला ।’

उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रतिगामी र अलोकतान्त्रिक कदम भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर