Advertisement

पोखरी बन्यो जनकपुरको सडक, मेयर साहको चौतर्फी आलोचना

न्युजडेस्क
२०७८ भाद्र ९, बुधबार २१:०२

जनकपुरधाम । जनकपुरधाम उप माहानगरपालिकाको सडक पोखरी बनेको छ ।

नगर प्रमुख लाल किसोर साहको वेवास्ताका कारण पुल चोकस्थितको पाँच सय मिटर सडक पोखरी बनेको हो । सडकमा एक फिट सम्म पानी जमेको छ । सडकमा पानी, खाल्डो र हिलोका कारण दैनिक त्यहाँ सवारी जाम हुने गरेको छ ।

तर, नगर प्रमुख साहले समस्या समाधान गर्न कुनै चासो लिएका छैनन् । सर्वसधारणको चाप हुने उक्त सडकमा दैनिक जनताले सास्ती खेप्नु परेको छ ।

पुर्वी धनुषाको लागि लाईफ लाईन रहेको उक्त सडक मर्मत सम्भार अभावमा जिर्ण बनेपछि स्थानीय अजित भएका छन् ।

सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै समाजिक सञ्जालमा नगर प्रमुख साहको चौतर्फी आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर