जनकपुरधाम । जनकपुरधाम उप माहानगरपालिकाको सडक पोखरी बनेको छ ।
नगर प्रमुख लाल किसोर साहको वेवास्ताका कारण पुल चोकस्थितको पाँच सय मिटर सडक पोखरी बनेको हो । सडकमा एक फिट सम्म पानी जमेको छ । सडकमा पानी, खाल्डो र हिलोका कारण दैनिक त्यहाँ सवारी जाम हुने गरेको छ ।
तर, नगर प्रमुख साहले समस्या समाधान गर्न कुनै चासो लिएका छैनन् । सर्वसधारणको चाप हुने उक्त सडकमा दैनिक जनताले सास्ती खेप्नु परेको छ ।
पुर्वी धनुषाको लागि लाईफ लाईन रहेको उक्त सडक मर्मत सम्भार अभावमा जिर्ण बनेपछि स्थानीय अजित भएका छन् ।
सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै समाजिक सञ्जालमा नगर प्रमुख साहको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्