जनकपुरको पुलचोक स्थित आज बिहानैदेखि पुलचौक युवा कलब का युवाहरुले चक्काजाम गरेको छ । चक्काजामको कारण सवारी साधन जकथक परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थितको पुलचोकदेखि कोल्डस्टोरसम्मको बाटो अति जीर्ण भएको कारण पैदल आवतजावत गर्न समेत कठिनाई भएको भन्दै स्थानीय युवाहरुले चक्कजाम गरेका छन् । जनकपुरदेखि शहिदपथ (यदुकूहा) जाने सो बाटोमा पुलचोकको करिब २०० मिटरको बाटोमा सवारी साधन आवतजावत गर्न कठिनाई भएको स्थानीयले बताए ।
सडकमा हिलोका साथै खाल्डो र सो खाल्डोमा कम्मरसम्मको पानी जमेपछि मोटरसाईकल, चारचक्केलाई समेत आवतजावत गर्न कठिनाई भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र हुलाकी सडक आयोजनालाई पटक पटक जानकारी गराउँदा समेत निर्माण प्रति कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रेको स्थानीयले बताए ।
























