धनुषा । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्वर ९ कुम्हरास्थित स्थानीय सिटहु यादवको घरमा गएराति डकैती भएको छ ।
स्थानीयबासीका अनुसार राति करिव १ बजेको समयमा डकैती भएको हो। लुटपाटपश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुबाट दुईजना घाइते भएका छन् । यहिले उक्त घटनापछि धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
























