Advertisement
☰

खुलामञ्चमा डा. बाबुरामले खुवाए निःशुल्क खाना

न्युजडेस्क
२०७७ आश्विन १४, बुधबार १२:३५

द प्रदेश टाइम्स / काठमाडौं- कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सरकारले पटक–पटक लकडाउन तथा निषेधाज्ञा गरेपछि विपन्न, असक्त, मजदुरको रोजीरोटी गुमेको छ।

महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका नियमका कारण उत्पन्न भएको यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूले सक्ने सहयोग पनि गरिरहेका छन्। कतिपयले खाद्यान्न दान गरिरहेका छन् भने कतिपयले विपन्नहरुलाई खाना खुवाएको देखिन्छ।

सोही क्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले बुधबार बिहान खुलामञ्च पुगेर उनीहरूलाई खाना खुवाएका छन्। जसपा विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठका अनुसार डा.भट्टराईसहितको टोलीले बिहान खुलामञ्चमा खाना खुवाएका हुन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर