Advertisement

पोखरीमा डुबेर २ बालिकाको मृत्यु

न्युजडेस्क
२०७८ आश्विन १, शुक्रबार ०८:४७

रौतहटमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्युु हुनेमम रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ बस्ने रामकलेश महतोको छोरी बर्ष १० की निशु कुश्वाहा र वृन्दाबन नगरपालिका २ बस्ने जंग बहादुर पटेलकि १४ वर्षीया छोरी मुस्कान कुमारी छन् ।

बिहीबार दिउँसो रौतहट जिल्लाकाे देवाही गोनाही नगरपालिक ७ स्थित जगरनाथ राय यादवको निर्माणाधिन पोखरीमा घोंघी टिप्ने क्रममा दुबै बालिकाको डुबेर मृत्युु भएको रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

दुबैजनाको शव घटनास्थलको मुचुल्का गरि पोस्टमार्टमको लागि गौर अस्पताल लागिएको जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर