Advertisement

रगत चल्छ जात चल्दैन

न्युजडेस्क
२०७८ मंसिर २०, सोमबार ०८:५७

लहान २० मंसिर – जव कुनै मानव जिवन मृत्यु को लडाई मा हुन्छन त्यती खेर अक्सर ज्यान जोगाउन रगत को आब्यश्यक्ता पर्दछ। त्यती बेला रगत को समूह मिलेको मान्छे को रगत प्रदान गरिन्छ। फलानो जात को मान्छे को रगत दिन्छ।

त्यती बेला बांच्नका लागि एक ब्राह्मण ले डोमको रगत मिले पनि चढाउँछ। तै पनि पाखण्डताको कारण जातीय बिभेद गर्दछन मान्छे। जात ब्यवस्था हाम्रो समाज लाई पछाडि पार्ने मुल कारण हो। अहिलेको युगमा अरु देशमा चन्द्रमाँ तथा अनेक ग्रहमा पुरीसके मान्छे। रकेट तथा अनेक बिमान उडाई सके मान्छे। तर हाम्रो देश नेपाल हेर्न मा सानो भए पनी सुन्दर छ। अनेक किसिम का हावा पानी पाइन्छ।

नदीनाला, बन पहाड को धनी छ। कतै फल मात्र फल्छन भने कतै अन्न मात्र।#अद्भुत किसिम का जडिबुटीहरू यही पाइन्छ। सुन्दर र बिशाल गाथा बोकेको देश हो यो। बुद्ध जन्मेको धर्ती हो यो। बहुल राष्ट्रिय भए को मुलुक हो। जति बर्णन गरे नी कम नै पर्छ।

तर बिडम्बना र दुर्भाग्यको कुरा यो छ कि अपराधि महापापी हरुले वर्ण ब्यबस्था ल्याएर मानव सदभाव लाई नै तहसनहस बनाई दिएको छ। केही अल्प सङ्ख्यक दुष्कर्मी हरुले मानवतालाई ख्यालै नगरी निजी स्वार्थ पुर्तीका लागी मात्र देश लाई अशान्त पारिदिएका छन। कतै धर्म का दङ्गा त कतै जातीय दङ्गा जस्ता बिष फैलाइ दिएका छन। जुन क्रोनीक क्यान्सर को रुप लिइ समाज र देश लाई कैयौ सेन्चुरी देखि तहसनहस पार्दै आइरहेका छन।

अहिलेसम्म पनि छुवाछुत तथा जातीय बिभेद बिराजमान छन। दलित बिकासका लागि दलित सशक्तिकरण ऐन प्रदेश न.२ मा र केन्द्रमा पनी पारित भयो। बिकास समिति गठन भए पनि निराशाको कुरा हुनुपर्ने यो ब्यथा छ् यी बिकास समितिहरु बजेट पचाउ अभियानमा मात्र सिमित रहेका छन्। हाम्रा अगुवा तथा क्रान्तिकारी कहलाउनेहरु पनि परिवर्तन गर्ने
अभियान लाई निजी रोटी सेक्ने थाप्लो बनाएर मात्र प्रयोग गर्दैछन।

यदी अगुवा नेता कहलाउनेहरु इमानदारीले काम गर्यो भने र मालिकहरुको अगाडि आत्मसमर्पण गरेन भने समाज छिट्टै परिवर्तन हुन्छ। तर चम्चागीरीको बिमारि पनि कोरोना भन्दा कडा रुपले फैली सकेका छन।

लेखक : ललिता बिद्रोही

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर