Advertisement

प्रदेश सांसद यादवद्वारा जिउँदो शहीद दासलाई सम्मान

न्युजडेस्क
२०७८ माघ ५, बुधबार १४:०१

जनकपुरधाम ,माघ ५ गते। मधेश आन्दोलनका जिउँदो शहीद सुनिल कुमार दासलाई प्रदेश सांसद रामअशिष यादवले सम्मान गरेका छन्।

माघ ५ बलिदानी दिवस को अवसरमा प्रदेश सांसद यादव, वृक्ष मानव सुरेश शर्मा,जसपा का जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह,नगर अध्यक्ष विष्णु देव साह, कृषि विज्ञ जागेश्वर यादव, बैधनाथ सिंह,युवा अभियन्ता सुदिप मंडल,रामदुलार, संतोष कुमार सहितले जनकपुरधाम, रामपुर स्थित जिउँदो शहीद दासको घरमै पुगि दोसल्ला ओढाएर सम्मान गरेका छन्।

मधेश आन्दोलनका क्रममा जिउँदो शहीद दासलाई जनकपुरधाम को दक्षिण प्रवेश द्वारमा निरंकुश शासक विरुद्ध को चलु जनकपुर भरु जनकपुर क्रममा सुरक्षाकर्मी को गोली वाट गम्भीर घाइते भैइ काठमाडौं को बिर अस्पताल मा लामोसमयसम्म उपचार भएको थियो।
जिउँदो शहीद दासलाई तीन गोली लागेर को जस मध्ये २ गोली शरिर बाट शल्यक्रिया गरेर बाहिर निकालियो र १ गोली अहिले पनि कम्मर को नसा मा अडकिएको छ।
बलिदानी दिवस को अवसरमा रामपुर स्थित सार्वजनिक पोखरी मा वृक्षारोपन पनि गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर