Advertisement
☰

मुखियापट्टी मुसनियाको ३ निर्वाचित सदस्य लगाईत दर्जनौं कार्यकर्ता जसपामा प्रवेश

न्युजडेस्क
२०७८ चैत्र १५, मंगलवार १५:१०

जनकपुरधाम। मुखियापट्टी मुसनियाको ३ निर्वाचित सदस्य लगायत दर्जनौं नेता तथा कार्यकर्ता नेकपा एमाले प्रत्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न

धनुषा क्षेत्र नं ३ को मुखियापट्टी मुसरनिया गा.पा. वडा नं ५ को वडा स्तरीय कार्यक्रममा नेकपा एमाले परित्याग गरि वडा नं ४ केलहुवाका निर्वाचित वडा सदस्य गोदावरी देवी यादव र बेचनी देवी रविदासको नेतृत्वमा विभा देवी यादव, निलम देबी यादव, रिझन रबी दास, राहुल कुमार यादव, जोगिन्दर महतो , रञ्जित यादव लगायतका उल्लेखनीय संख्यामा पार्टी प्रवेश गरेको हो।

मुखियापट्टि मुसनिया जसपा गापा समिति अध्यक्ष अशोक यादवको अध्यक्षतमा भएको कार्यक्रममा जसपा निर्वाचन केन्द्रिय समिति सदस्य जितेन्द्र यादव, जसपा केन्द्रिय सदस्य बेच्न यादव, जसपा मुखियापट्टि इन्चार्ज, जयकुमार यादव, लगायतका नेताहरुले माला, अबिर , गम्छा लगाएर स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर