Advertisement

सहिद नगरपालिका वाडा ६ का अध्यक्ष निरालाले गरे पदभार ग्रहण

न्युजडेस्क
२०७९ जेष्ठ ३०, सोमबार २२:३२

आमिन राईन
जनकपुरधाम, जेठ ३० गते। धनुषाको सहिद नगरपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टी नेपालबाट नव निर्वाचित वडा अध्यक्ष उमेश निराला ले आज विधिवत रूपमा पदभार ग्रहण गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव र शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादव को विशेष उपस्थितिमा नवनिर्वाचित वडा अध्यक्ष निरालाले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले समृद्धिको मुल मन्त्र शिक्षा नै रहेकाले शिक्षा सुधार मा जोड दिनुपर्ने कुरा मा जोड दिनुभयो।

सो कार्यक्रममा शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादव, जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, उपप्रमुख सुनिता कुमारी सिंह, वार्ड नं ६ का अध्यक्ष उमेश निराला, वार्ड नं ५ का अध्यक्ष सुरेश कापर, वार्ड नं ४ का रमेश मुखिया, वार्ड नं ३ का अध्यक्ष मनोज दास, प्रहरी निरीक्षक हरि, प्राधानाध्यापक द्वय मोहन यादव, राजदेव ठाकुर सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर