Advertisement
☰

बिरगंज: सखुवा प्रसौनीमा बाल क्लब सञ्जालको नयाँ कार्य समिति गठन

न्युजडेस्क
२०७७ माघ ९, शुक्रबार १३:१९

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बाल क्लब सञ्जालको नयाँ कार्य समिति गठन भएको छ । बिहीबार श्रीपुर पाँचगावास्थित श्री दिपनारायण उच्च माध्यमिक विद्यालयको प्राङ्गण एक कार्यक्रमका बिच अर्जुन साहको अधयक्षतामा बाल क्लब सञ्जालले १२ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

साहको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष समसाद अंसारी, सचिव पुजा कुमारी, सह–सचिव दिनेश शर्मा, कोषा अध्यक्ष सिवाङ्गी गुप्ता, सह–कोषाध्यक्ष भवानी पटेल, सदस्यहरु चन्द्रमुखी कुमारी, मुकेश कुमार कलवार, सृजना ओझैया, हेदर अंसारी, अनिषा कुमारी, आरती चौधरी रहेने गरीे १२ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

कार्यक्रममा अध्यक्ष साहले बाल अधिकार सुनश्चितताका लागि लडेर आफ्नो आधिकार लिनु पर्ने बताएका थिए । बालबालिकाहरु कलिलो उमेरको हुने हुँदा उनीहरुलाई आफ्नो हित र अहितको विषयमा आफै निर्णय गर्न नसक्ने भएकोले बालबालिकाको हितको लागि राज्य तथा अभिभावकले महत्वपूर्ण भूमिका खेल्नु पर्ने अध्यक्ष साहको भनाई थियो ।

कार्यक्रममा प्रधानध्यापक शिवनाथ थारु, सहायक प्रधानध्यपक दिली बुढाथोकी, विक्रमजित साह, स्थानीय पत्रकार प्रमोद यादव लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर