नर बहादुर पाल (मुकेश)
आज भोली मेरो लागी निन हरायो ।।
सुत्न खोज्दा रात अनि दिन हरायो ।।
सपना त मैले के के पो देखेको थ्ये ।।
देखेका सबै सपनाहरुको सिन हरायो ।।
मेरो यो कथा सुनी आँसु खस्ने छ ।।
एकै चोटी सम्झिदा त आँसु खस्ने छ ।।
बिगतका ती यादहरु भुल्नै नसक्दा ।।
झन झन तिम्रो आँखाबाट आँसु खस्ने छ ।।
सक्छौ भने गरेका ति बात पठाई दिनु ।।
तिमीले मलाई गरेका ति घात पठाई दिनु ।।
सम्झनालाई फोटा चिठ्ठि मैले पठाको थ्ये ।।
फोटा अनि चिठ्ठिका ति खात पठाई दिनु ।।
सक्छौ भने सिमानामा तार लगाई देउ ।।
इता उता छिर्न नसकिने बार लगाई देउ ।।
छिमेकीको गुलामी भैई कति बस्नु हामीले ।।
गुलामी अवस्थाबाट वारपार लगाई देउ ।।
प्रतिक्रिया दिनुहोस्