Advertisement

नविन यादवले जिस्काएकै छैन – पीडित भनिएकी युवतीको वयान

न्युजडेस्क
२०७७ श्रावण ११, आईतवार २०:५४

जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता नबिन यादवले युवतीलाई दुर्व्यवहार नगरेको खुलासा भएको छ ।

जनकपुरस्थित जेएफसि क्याफेमा शनिवार राति युवतीलाई दुर्व्यवहार गरेको भन्दै नेता यादवलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले युवतीले दुर्व्यवहार गरेको वयान दिएपछि मुद्दा चलाएको दावी गरेका छन्

तर प्रहरीले दुर्व्यवहार गरेको भनिएकी युवती नै नेता यादवले आफूहरुलाई सहयोग गर्न आएको तर प्रहरीले पक्राउ गरी लगेको टुडे खोजसंग बताएकी छन् । उनले भनेकी छन्- म दुई जना क्याफेमा खाजा खांदै थिए । भरोसी नामको केटाले मेरो साथीलाई कुट्न थाल्यो । त्यसपछि नविन दाई आउनु भयो । उहांले हामीलाई यति रातिसम्म किन यहां भन्दै हप्काए पनि । लगत्तै प्रहरी आएर म, मेरो साथी र नविन दाईलाई प्रहरीले लग्यो ।’

ति युवतीले थपिन्, ‘प्रहरी समक्ष मेरो साथीले नविन दाईमाथि किन दुर्व्यवहारको आरोप लगाइन ? मलाई थाहा छैन । तर नविन दाई दुर्व्यवहार गर्नुभाको छैन । उहां त हामीलाई सहयोग गर्न नै आउनु भएको थियो ।’घटनामा जोडिएकी युवतीले नै दुर्व्यवहार नगरेको बताएपछि नेता यादवलाई फसाएको देखिन्छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर