• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पार्टी भित्र अभिव्यक्ति स्वतन्त्रताको दायरा हुन्छ:-जसपा नेता जितेन्द्र यादव

२३ भाद्र २०७७, मंगलवार
  • जितेन्द्र यादव

तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको एकिकरण सम्पन्न भई जनता समाजवादी पार्टी निर्माण भएको केही महिना पुगेको छ । यस सुखद एकिकरणको प्रमुख श्रेय कसैलाई जान्छ भने त्यो हो आम मधेशी जनता र देशका सम्पूणर् सिमांतकृत समुदाय । अर्थात आम जनताको भावनाको जगमा उभेको छ जनता समाजवादी पार्टी (जसपा) नेपाल ।

जसपा निर्माणको प्रमुख उद्देश्य भनेको राजनीतिमा परिवर्तन ल्याउनु हो । राजनीतिलाई देश अनुकुलको पथमा डोर्याउनु हो । एकीकृत पार्टी जसपा संग नेपाली सिमांतकृत जनताको ठूलो आशा छ । देशमा अहिले कथित कम्यिुनिस्टहरुको हाली मुहाली रहेको छ ।

नेपालको राजनीतिमा कम्यिुनिस्ट भनाउँदाहरुले अलोकतान्त्रिक परिपाटी बसाली रहेका छन् । एकातिर दुई तिहाईको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको छ भने अर्कोतिर प्रतिनीधी सभाको चुनावमा जनताद्वारा पराजित नेताहरुलाई राष्ट्रियसभा जस्तो सार्वभौम र अति महत्वपूणर् स्थानमा धमाधम मनोनित गरिंदै छ ।

नेकपाका ठूला भनाउँदा नेताहरु आन्तरिक किचलोमा फसेका छन् । भागबण्डा र आफ्नै दलभित्र अमुक नेताको तुष्टिकरणका निमित्त आरोप प्रत्यारोपको राजनीतिलाई बढाबा दिँदै आएको बिदितै छ । र सत्तारुढ दलको किचलोको कारण आम जनतामा यसको पत्यक्ष असर परेको टिप्पणी बिभिन्न कोणबाट आइ रहेको हुन्छ ।

यो प्रसंग मैले बिना अर्थ पक्कै उठाएको होइन । नेपाली आमजनता पुराना र ठूला भनाउँदा राजनीतिक दलहरुले गर्दै आएको राजनीतिबाट थकित भैसकेका छन् । नढाँटी भन्दा, आम नेपाली जनता लामो समय देखि बैकल्पिक राजनीतिको तालशमा रहँदै आएका छन् । बैकल्पिक राजनीति अर्थात, नेता र पार्टीको स्वाथर्भन्दा पृथक सोँच र सिद्धान्त बोकेका पार्टी । संघीयता, समावेशिता, धर्म निरपेक्षता र समग्रमा सामाजिक न्यायमा आधारित राजनीति गर्ने एउटा पार्टी जसले ‘सर्बजन हिताय’को मुलमर्म लाई दृढताका साथ पालना गरोस । हो, जनताका यी नितान्त महत्वकांक्षाप्रति संकल्पित रहेको कुनै पार्टी छ भने त्यो हो, जनता समाजवादी पार्टी नेपाल ।

यो दलको नेतृत्व पुञ्जमा अनुभवीमात्रै होइन अपितु नेपाली एकात्मक सत्ता र यथा स्थितीवादी शक्ति बिरुद्ध लडेका योद्धाहरु हुनुहुन्छ ।आदरणीय महन्थ ठाकुर देखि लिएर उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोज्यूहरुको अग्रणी भूमिका रहेको जसमा नेपाल संग आमजनताको धेरै आशा रहेको छ ।

जसपा एकिकरणको प्रक्रियाजारी छ । एकिकरणको बिभिन्न आयाममा गहन छलफल ले निरन्तरता पाइरहेको छ । सारा संसार कोरोना महामारीसंग लडी रहेको बेला हामी पनि यसबाट अछुतो रहेका छैनौ । प्रदेश नं. २ मा जसपा को सरकार छ ।

प्रदेश २ मा सबैभन्दा बढी जनता संक्रमित भएको अवस्था छ । एकातिर जसपाका प्रतिनीधीसभा सदस्यहरु लगायत प्रदेश २ को ध्यानाकृष्ट कोरोना महामारी बिरुद्धको लडाईमा केन्द्रित भएको छ भने अर्को तिर नव एकिकृत जसपा नेपाललाई जनताको भरोसालाई आत्मसात गरी अघिको यात्रा तय गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै पार्टीको कार्यमा हाम्रा आदरणीय नेतृत्वगण मनपेटले लाग्नुभएको छ ।

अहिलेको अवस्थामा जसपामा आबद्ध सम्पूणर् तहका नेताहरुको आ-आफ्नै ढंगको भूमिका हुनुपर्ने हो । हरेक नेताले आफु भित्र रहेको सकारात्मक उर्जा पार्टी निर्माणमा लगाउनुपर्ने बेला हो यो । दुई पार्टीको मिलनबाट सम्भव भएको जसपा निर्माणमा कुनै पनि नेताले आफ्नो पुरानो दलको ‘ह्याङ्गओभर’ बाट आफुलाई मुक्त राख्नुपर्छ । संगठन निर्माण, पार्टी कार्यकर्ता बिच सदभाव, पार्टीमा कमीकमजोरी देखिँदा सभ्यताको प्रदर्शन गरी पार्टी वा सरकरलाई सुझाव दिने जस्ता रचनात्मक कार्यमा पार्टीका आमकार्यकर्ताले भूमिका खेल्ने बेला हो यो । हामीले जहिले पनि याद राख्ने कुरा के हो भने एउटा सामान्य कार्यकर्ताको बदनियत र गैर जिम्मेवारपूणर् अभिव्यक्तिका कारण सम्पूणर् पार्टीमा त्यसको नकारात्मक असर पर्न सक्छ । आमजनताले जसपामा लगाएको भरोसा प्रति कुठाराघात हुनसक्छ ।

हामीलाई थाहा हुनुपर्ने कुर हो भीकुनै पनि परिवार वा समाजमा अनुशासन नहुँदो हो भने उक्त परिवार वा समाजको प्रगति यात्रा लामो हुनसक्दैन् । राजनीतिक दल भनेको परिवार नै हो ।
तसर्थ पार्टीबारे अभिव्यक्ति दिँदा हामीले शब्द चयन देखि लिएर समय र सापेक्षतामा गहनता साथ ध्यान दिनु अति जरुरी हुन्छ । हो यो सत्य हो, अहिले संसारमा अभिव्यक्ति स्वतन्त्रताबारे बहस चलिरहेको बेला यो अधिकारबाट विश्वका कोही पनि जनता बञ्चित नहोस भने मान्यतालाई सदैव आत्मशात गरिनु पर्छ ।

यस सन्दर्भमा अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिंकनले अठारौँ शताब्दीमा भनेका अभिव्यक्ति सम्झीन उचित ठान्दछु । लिंकनले भनेका थिए, “मेरो स्वतन्त्रताको उपयोग त्यहाँ सम्म मात्र सीमित छ, जहाँबाट तिम्रो स्वतन्त्रताको सुरुवात हुन्छ ।” लिंकनको यो भनाईलाई सापेक्षित चस्माले हेर्दा अहिलेको समयमा पनि उतिकै सान्दर्भिक लाग्छ ।

पछिल्लो समय जसपाका केही नेताजीहरु ले ‘पब्लिक डोमेन’मा दिनु भएका अभिव्यक्तिहरु खेदजनक छ र चिन्ताजनक पनि । पुरानो पार्टीको ‘ह्याङ्गओभर’मा रह्नुभएका नेताजीहरु गम्भिर हुनुपर्छ जस्तो लाग्छ । पार्टीमा बिचार राख्नु महत्वपूणर् कुरा हो । पार्टीलाई रचनात्मक सुझाब दिई आफ्नो स्तरबाट पार्टीलाई दिशानिर्देश गर्नु पनि हरेक नेताको काम हो र पार्टीका शुभचिन्तकहरुको धर्म हो । तर अभिव्यक्तिको नाममा आफ्नै दलका मुर्धण्य नेताको आधारहिन आलोचना गर्नु एउटा सच्चा कार्यकर्ताको धर्म भित्र्न पर्नु पर्ने हो । जसपा एउटा यस्तो पार्टी हो जसभित्र ‘स्वराज’ छ । अर्थात बिचारको खुला बहाब प्रवाह र मन्थन गर्ने थलो हो जसपा । तर मर्यादामा बसेर । पद्धतीलाई आत्मशात गरेर । र यती मान्यतालाई हामीले व्यवहारमा उतार्न सक्यौ भने जसपा अवश्य पनि देशको बैकल्पिक राजनीतिको मार्गदर्शक को रुपमा अघी बढ्ने छ । सबैको जय होस ।

लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् 

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech