Advertisement

धनुषाको औरही गा.पा. लाई निषेधाज्ञा गर्न नेता: आमिन राइनले गरे अनुरोध।

न्युजडेस्क
२०७७ भाद्र २, मंगलवार २३:२१

समाजवादी विद्यार्थी युनियन केन्द्रिय सदस्य आमिन राईन ले धनुषाको औरही गा.पा लाई निषेधाज्ञा गर्न अनुरोध गरेका छ्न। कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले सुरक्षा सतर्कता अपनाउन औरही गाउँपालिकाले ७ दिन को निषेधाज्ञा गर्नु पर्छ ।

धनुषाको औरही गाउँपालिका का जनप्रतिनिधि गाउँपालिका अध्यक्ष , प्रशासन अधिकृत, वडा अध्यक्ष लगाइत गाउँपालिका भित्र पर्ने सबै सम्बन्धि निकाय मिलि गाउँपालिकालाई निषेधाज्ञा गर्न विद्यार्थी नेता आमिन राईन ले अनुरोध गरेका छ्न।

विश्व माहामारी तिव्र गतीमा फैलिरहेको कोरोना भाइरस धनुषाको औरही गा.पा मा पनि ४ जना मा देखा परेको ले धनुषा को औरही गा.पा. लाई पनि पुर्ण रुपमा निषेधाज्ञा गर्नु पर्छ। नत्र यो गा.पा. मा माहामारी न फैलोस त्यसैले निषेधाज्ञा गर्नु पर्छ। लकडाउन अवधिभर गाउँपालिका भित्र अतिआवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स खाद्यान्न, दुध तथा खानेपानीका गाडी, किराना पसल र तरकारी बिहान ६ बजे देखि ९ बजेसम्म मात्र खोल्ने निर्णय गर्नु पर्छ ।

साथै धेरै नगरपालिका गाउँपालिकामा पनि भदौ १५ गते सम्मका लागि लकडाउन गरिएको हो । जिल्ला स्तरीय डी–सीसीएमसी र नगर स्तरीय सीसीएमसीको आइतबारको निर्णय अनुसार निषेधाज्ञा लागू हुने गरी गर्ने निर्णय गर्नु पर्छ। औरही गाउँपालिकामा भाद्रो ३ गते देखि लागु हुने गरि भदौ १० गते सम्मका लागि लकडाउन गर्ने निर्णय गर्नु पर्छ। विद्यार्थी नेता आमिन राइन ले अनुरोध गर्नु भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर