Advertisement

इस्लाम र हिन्दु धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम महिना आयो!

न्युजडेस्क
२०७७ भाद्र ५, शुक्रबार ०८:११

जनकपुरधाम! मुहर्रम इस्लामिक कैलेंडरको पहलो महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि शुरु हुने मोहर्रम १० तारिखसम्म मनाइन्छ। हजरत मोहम्मदका नाति हसन र हुसैन शहीद भएको सम्झनामा मुुसलमान र हिन्दूले यो पर्व मनाउँदै आएका छन् ।

यो महिना त्यो महिना छ जब पैगंबर मुहम्मद सल्ललाह वलैहवसलम आफ्नो नवासे इमाम हुसैन आफ्नो परिवार र 72 साथिहरुको साथ शहीद हुनुभयो। त्यसको शहादत(सहिद) को सम्झनामा मुहर्रम गम मा मनाउने गरिन्छ। इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको छ।

मुहर्रम कुनै त्योहार होइन। मुहर्रम एक यस्तो महिना हो जहाँ मुस्लिम समुदायहरु इमाम हुसैन को शहादत मा गम मनाउने गरिन्छ । मुहर्रम को दिन इमाम हुसैन र उहाँको भाई हसन को ताजिया लगायत विभिन्न तरिकाले उहाँको सम्झनामा दुआ(प्रार्थना) गर्ने गरिन्छ। मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्दू समुदायले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन्। मोहर्रम पर्व सद्भावको पर्वका रुपमा स्थापित हुँदै गएको छ ।

यो पर्वको दिन मुस्लिम युवाहरूले लठ्ठी खेल खेल्ने गर्दछन भने रोटीको टुक्रा बनाई, घिउ, चिनी हाली बनाईएको परिकार (मलीदा) र चामल दुध को बनाएको परिकार (जर्दा) खाने चलन छ। यस पर्वमा सम्पुर्ण जातजातिका मानिस आई ताजियमा आफनो मनमा लागेको कुरा माग्ने गरिन्छ र इच्छा समेत पुरा हुने विश्वास आउदै गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर