Advertisement

कोशी प्रदेशमा बाढी पहिरोबाट १७को मृत्यु , १३ घाइते र २९० जनाको उद्धार

न्युजडेस्क
२०८१ आश्विन १५, मंगलवार ०७:४१

विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
सोमवारसम्म प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार विभिन्न जिल्लामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो।१३ जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् र २९० जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार कोशी प्रदेशका पहाडी जिल्ला पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा बाढी र पहिरोको कारण बाटो अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर