Advertisement

जसपा नेपाल दलको बैठक सम्पन्न ,सबै सांसद एक ढिक्का भएर पार्टीलाई मजबुत गर्ने

न्युजडेस्क
२०८१ जेष्ठ ३, बिहीबार १७:०१

जनकपुरधाम, जेठ २ गते । एमाले र माओवादी दुवैले सरकार र सर्मथन छोडेपनि मधेश सरकारको नेतृत्व टोडन नमानेको जसपा नेपाल मधेश प्रदेशको संसदिय दलको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री निवासमा भएको छलफलमा पुर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको प्रमुख सचेतक राम अशिष यादवले बताए ।

वहाँ पार्टीको काम विशेषले आउन सक्नु भएन, उनले भने, ‘खुसी त के भने, यस अघिको बैठकमा अलिअलि असन्तुष्टि र नोकझोक पनि हुन्थ्यो तर आज त सबैजना एकमत र सौहादपुर्ण वातावरणमा छलफल भयो ।’ उनको अनुसार बैठकमा मुख्यतः पाँच बुँदाहरुमा छलफल भएको छ ।

१ . मधेश सरकारको नेतृत्वमा रहिरहने र त्यसका लागि बिश्वासको मत निर्धारित ३० दिनको समय भन्दा पनि अगावै लिने ।

२. षडयन्त्र तहत फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णय निर्वाचन आयोग माथी प्रश्न चिन्ह उभ्याएकाले सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टी गर्न सबै शक्ति लगाउने र त्यसमा मधेशबाट साथ दिने ।

३ . मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने ।

४ . अगामि जेठ २८ देखि ३० सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ आफनो तर्फबाट सहयोग र भुमिका निर्वाह गर्ने ।
५. निति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदहरुले लिखित रुपमै संसदिय दललाई सुझाव दिनुपर्ने ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर