फाल्गुन ४, सप्तरी । श्री रा. प्रा. वि. भगवानपुुर ईनर्वा,हनुमाननगर कंकालिनी नगरपालिका वडा नं -१० सप्तरीमा सामाजिक विकास मन्त्रालयद्वारा निर्माण गरिएको २कोठे कक्षाकोठा भवनको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन।

सरस्वती पुजाको अवसरमा मन्त्री साहले उक्त भवन उदघाटन गर्नुहुदै समाज शिक्षित र विकसित वनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको वताउनुभएको छ।
कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ८६ जना विद्यार्थी रहेका छन।











