काठमाडौँ। विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य अगाडि बढाउन आईटी आर्मीले सरकारसँग माग गरेको छ ।
आईतबार आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले प्रेस विज्ञप्ति जारी गर्दै नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपालचौक लगायतका स्थानहरुमा आएको बाढी पहिरोले गर्दा भएको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । आईटी आर्मीले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत स्वरूप आवश्यक स्वास्थ्य सामाग्री, खाद्यान्न, लताकपडा, वैकल्पिक आवासको व्यवस्था सहित अवरुद्ध रहेको विधुत, सडक र सञ्चार सेवा पुनः प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याई बाढीपिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग माग गरेको छ । आईटी आर्मीले अझ केहि दिनसम्म थप मौसमी वर्षा हुनसक्ने पूर्वानुमान रहेकोले थप क्षति हुन नदिज र प्राकृतिक प्रकोपको प्रतिकूल समयमा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कताका साथ रहन तथा एक – अर्काको सहयोगी बन्न अपील समेत गरेको छ ।
“केहि दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न भागसंगसंगैं मुख्यतः नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपालचौक लगायतका स्थानहरुमा आएको बाढी पहिरोले गर्दा भएको जनधनको क्षतिप्रति गहिरो चिन्ता एवं दुख व्यक्त गर्दै अल्पायुमैं ज्यान गुमाएका मृतकहरु नवलपरासी बुलिङ्टार गापा-२, डाँडाझेरी निवासी ५७ वर्षीय खिलमाया नेपाली र उहाँको श्रीमान ६१ वर्षीय शेरबहादुर नेपाली, रामग्राम नपा-१८, बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उहाँको छोरा १३ वर्षीय प्रदिप प्यासी तथा आज वीपी राजमार्गको रोशी गाउँपालिका सडक खण्डमा माथिबाट ढुङ्गा खसेर मोटरसाइकिल चालक महोत्तरी रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकसंतप्त परिवारजनमा गहिरो सम्वेदना तथा मोटरसाइकिल पछाडि बसेका धनुषा रामानन्द चोक निवासी ३० वर्षीय घाईते सतिस कुमार साहको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै सुस्ता गापा-४, थारुटोलका ३२ वर्षीय सन्तु चौधरी, सुनवल नपा-१४ का एलिसा तामाङ्ग लगायतका बेपता व्यक्तिहरुको खोजी तथा उद्दार कार्य शिघ्र तादरुकताका साथ गर्न सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।” आईटी आर्मीको विज्ञप्तिमा उल्लेख छ , “साथै, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत स्वरूप आवश्यक स्वास्थ्य सामाग्री, खाद्यान्न, लताकपडा, वैकल्पिक आवासको व्यवस्था सहित अवरुद्ध रहेको विधुत, सडक र सञ्चार सेवा पुनः प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याई बाढीपिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग समेत गर्दछु । अन्त्यमा, अझ केहि दिनसम्म थप मौसमी वर्षा हुनसक्ने पूर्वानुमान मौसम विज्ञहरुले गरेको हुँदा देशभर नै अझ थप क्षति हुनसक्ने सम्भाव्यता प्रवल रहेकोले अहिलेको यस प्राकृतिक प्रकोपको प्रतिकूल समयमा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कताका साथ रहन तथा एक – अर्काको सहयोगी बन्न सबैमा एकमुष्ट हार्दिक अनुरोध/अपील समेत गर्दछु ।”
समाजको विकृति, विसंगति विरुद्ध जनचेतना अभिवृद्धि गर्दै भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरताविरुद्ध खबरदारी गर्दै सुशासनयुक्त समाज निमार्णमा महत्वपूर्ण हस्तक्षेपकारी र निर्णायक भूमिका खेल्ने एवम् सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ गत महिना मात्र आईटी आर्मीको गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस्