जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास (तत्मा)लाई जनकपुरमा रामधुलाई गरेका छ्न।
मेयर दास एक महिलालाई अभद्र व्यवहार गरेको आरोपा मेयर दासमाथि हातपात भएको हो । गएको २० गते राति जनकपुरधाम उपमहागरपालिका वडा नं.८ मा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युवाहरुको भीडले हातपात गरेको स्थानीयले बताएका छन् ।
हातपातसंगै मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २-०२-००१ झ ००४३ नम्बरको गाडीमा समेत तोडफोड भएको हो । आफ्नो प्रतिष्ठा बचाउन मेयर दासले आफुमाथि केहि कुनै प्रकारको घटना नभएको दावी गरे ।
मेयर दासले भने ‘ मसंग कुनै प्रकारको घटना भएको छैन । घटना नै भएको छैन भने मैले किन घटना भयो भनु’ तर, उनले आफुमाथि हातपात र गाडीमाथि तोडफोड गर्ने मध्येका चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।
यधपि जाहेरीमा उनले आफ्नो सावरी तोडफोड भएको मात्र उल्लेख गरेका हुन् । यता धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेत गाडीमाथि तोडफोड गर्ने चारजनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।
मेयर दासले चारजना युवकमाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरु बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन पुगेका थिए । उनीहरुले मेयर दास विरुद्ध महिलामाथि दुव्र्यहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्