Advertisement

एमालेबाट रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्यकाे उम्मेदवार बन्ने

न्युजडेस्क
२०७८ बैशाख १०, शुक्रबार १७:४१

काठमाडौं । नेकपा एमालेले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेश आयोजक कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएका ‘बादल’ नेकपा एमाले गएपछि कारवाहीमा परेसँगै उहाँको सदस्य पद गुमेको थियो ।शुक्रबारको महाधिवेश आयोजक कमिटी बैठकले बादललाई नेकपा एमालेले पार्टीमा चौँथो वरियतासहित स्थायी कमिटी सदस्यमा समेत राखेको छ ।

निर्वाचन आयोगले बिहीबार रिक्त रहेको राष्ट्रियसभाको पदका लागि जेठ ६ मा उपनिर्वाचन गर्ने मिति तोकेको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर