Advertisement

टी–२० विश्वकप : इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुग्यो

न्युजडेस्क
२०७८ कार्तिक २५, बिहीबार ०७:४५

एजेन्स्सी । टी–२० विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले अब नोभेम्बर १४ मा हुने फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीचको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा १६६ रन बनाएको थियो । न्युजिल्यान्डले यो लक्ष्य ६ बल बाँकी रहँदै पुरा गरेको थियो ।

जेम्स निशम ब्याटिङमा आउँदा न्युजिल्याण्डलाई २९ बलमा ६० रन चाहिएको थियो । तर ११ बलमा २७ रनको धमिलो पारी खेलेर निशाम आउट भएपछि न्युजिल्यान्डले १२ बलमा २० रन बनाउन बाँकी थियो ।

अर्को छेउबाट खेल्दै आएका डेरिल मिचेलले १९ औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै २० रन बनाएर इंग्ल्यान्डले एक ओभर बाँकी रहँदा पाँच विकेटले जित हात पारेको हो । डेरिल मिचेलले ४७ बलमा अविजित ७२ रन खेल्दै न्युजिल्याण्डलाई यादगार जित दिलाए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर