Advertisement

जसपाको उपेन्द्र-बाबुराम पक्षको निष्कर्ष : सहमतिबिना संसदीय दलको नेता चयन गर्न मिल्दैन

न्युजडेस्क
२०७८ जेष्ठ २, आईतवार ०६:५०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी कार्यालय बबरमहलमा बसेको उक्त पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको बिषयमा औपचारिक जानकारी नभएको भन्दै सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले संसदीय दलको विधानको प्रक्रिया पूरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताउनुभयो । नेता चयनका बारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उहाले जानकारी दिनुभयो । यस बिषयमा छिटै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईले बताउनुभयो ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर