Advertisement

एमालेमा अपहेलित हुँदै गएका पूर्वमाओवादीहरु छलफलमा

न्युजडेस्क
२०७८ असार १३, आईतवार ०९:५७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालविच आन्तरिक द्वन्द चर्किदै गएको बेला माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेताहरु अपहेलित हुँदै गएपछि अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि छलफलमा जुटेका हुन्।

शनिबार राजधानीको एक होटलमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरु छलफलमा जुटेका हुन् । सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु पछिल्लो समय अन्यौलमा रहेका छन्।

एमालेभित्रको आन्तरिक समस्याका कारण पूर्व माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरुलाई झनै अप्ठ्यारो भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर