Advertisement

राष्ट्रपति भण्डारी केपी ओलीको कार्यकर्ता बन्नुभयो : सभापति देउवा

न्युजडेस्क
२०७८ असार १३, आईतवार १०:०२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीको कार्यकर्ता झैँ बनेको भन्दै दुखेसो गर्नु भएको छ ।

शानिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आफूलाई १४९ सांसदको समर्थन हुँदा हुँदै पनि रातारात संसद विघटन ओलीको कार्यकर्ता बनेको टिप्पणी गर्नु भएको छ ।

उहाँले वैकाल्पिक सरकारका लागि बहुमत सांसदहरुको हस्ताक्षरलाई मान्यता नदिनु र संसद विघटन गरिदा दुख लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओली सँग भन्दा पनि राष्ट्रपति भण्डारी सँग दुख लागेको सुनाउनु भयो ।

त्यस्तैगरी सभापति देउवाले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर आफूहरुको निवेदनको पक्षमा फैसला गर्ने पनि आशा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर