Advertisement

सनराइज युथ सिरहा संजाल द्वारा गरीब तथा दलित बालबालिकाहरुलाई पढने साम्रगी वितरण

न्युजडेस्क
२०७७ कार्तिक ११, मंगलवार ११:०४

राजेन्द्र महतो
लहान कार्तिक ११ गते।सनराइज युथ सिरहा संजाल ( SYSS) ले सिरहा नगरपालिका -८ मैसोथा स्थित दलित तथा गरीब बालबालिकाहरुलाई कापी, किताब कलम तथा पढने साम्रगी वितरण गरी टीका कार्यक्रम सम्पन्न गरिएको छ ।

दशैंको शुभकामना आदानप्रदान कार्यक्रम मा सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह लगायत अन्य सदस्य हरुले सिरहा ना. पा. ८ का दलित समुदायका करीब ५० जना बालबालिकाहरुलाई निधार टीका लगाइ कापी, किताब र कलम वितरण गरेका हुन।
कार्यक्रम मा सह संस्थापिका शोभा शाहले आजको बालबालिकाहरु भोलि का कर्णधार हुन बताउदै कुनै पनि दलित तथा गरिब बालबालिकाहरु पढाइ बाट बन्चित नरहोस बताएका छन।

कार्यक्रममा स्थानीय बुद्धिजीवी राजिप यादव, इ.सन्तोष साह, इ.सन्तोष गुप्ता,अभाश दास, रुपेश यादव, प्रवेश सिंह, अनिल सिंह, सन्तोष शाह, सुन्दर शाह लगायतका सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह लगायत अन्य सदस्यहरुको सहभागीता रहेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर