Advertisement

प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ : डा. बाबुराम

न्युजडेस्क
२०७८ असार ३१, बिहीबार २३:१३

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

वर्तमान संवैधानिक राष्ट्रपतिको भूमिका सन्तोषजनक नभएको भन्दै उहाँले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने विकल्प देखाउनुभएको छ । तर अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयुक्त हुने उहाँको धारणा छ ।सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेख्नुभएको छ, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ।

त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर