जनकपुरधाम / जनता समाजवादी पार्टी नेपाल हंसपुर नगरपालिकाको विस्तारित बैठक भव्यता पूर्वक हंसपुर नगरपालिका वाडा न. ५ बेल्हीमा सम्पन्न भएको छ ।
जसपा हंसपुर नगर अध्यक्ष रामनारायण कापडिको अध्यक्षतामा भएको विस्तारित बैठकमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले विभिन्न आन्दोलन एवंम मधेश जनविद्रोह बाट मुलुकमा आएको संघीयताको रक्षा गर्न हामी सबैले एकजुट भएर आगाडी बढनु पर्ने बताउनु भयो ।
सांसद यादवले लामो समय देखि मुलुकमा शासन गर्दै आएको पुरानो दलको क्रियाकलापले मुलुकको हरेक निकाय भ्रष्टाचारमा लिप्त भएको बेला जनताको अधिकार, पहिचान तथा ज्यूधनको सुरक्षाको लागि बैकल्पिक शक्तिको रुपमा जसपाको उदय भएकोले हामीले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जसपा धनुषाका जिल्ला संयोजक पशुपति यादवले जब सम्म संगठन विस्तार एवंम सुदृढिकरण हुँदैन तब सम्म पार्टी सबल हुन नसक्ने बताउँदै संगठन विस्तार, सदृढिकरण, सदस्यता वितरण, भातृ संगठन विस्तार गर्न हरेक पालिकालाई निर्देशन गरिएको बताउनु भयो ।
समाजवादी यूवा फोरमका धनुषा अध्यक्ष दिपेन्द्र कुमार कापडिद्धारा संचालित उक्त क्रार्यक्रममा जसपाका धनुषा उपाध्यक्ष अम्बु प्रसाद साहले संगठन रहे हामी रहन्छौ भन्दै हामी सबैले अब रातदिन खटेर संगठन विस्तारमा लाग्नु पर्ने बताउनु भयो ।
उक्त विस्तारित बैठकमा नगरपालिकाका हरेक वडाबाट आएका नेता तथा कार्यकर्ताहरुले आ–आफुनो जिज्ञासाहरु विस्तृत रुपमा राखेका थिए भने जिज्ञासज्ञको जबाफ नगर अध्यक्ष रामनारायण कापडिले दिएका थिए ।
कार्यक्रममा नगर कार्यसमितिका सम्पूर्ण पदाधिकारी, निर्वाचित पदाधिकारी, प्रत्येक वडाका पार्टी वडा अध्यक्ष सहित महिला, पुरुष, यूवा, विद्यार्थी, किसान लगायतका भातृ संगठनहरुको उलेख्य सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया !