Advertisement
☰

प्रदेश न २ का राज्य मन्त्रि कुशवाहा द्वारा होलीको शुभकामना व्यक्त

न्युजडेस्क
२०७७ चैत्र १५, आईतवार ११:००

जनकपुरधाम : प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहाले आफ्नो मन्तव्य राख्दै भने  नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै भने ।

उहाँले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दूरी राख्दै सुरक्षितरुपमा यो पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्र्दै पत्रकार साह अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताउनुभएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर