Advertisement

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

न्युजडेस्क
२०७९ जेष्ठ १९, बिहीबार ११:३२

काठमाण्डाै – पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यहाँ आज केही युवाले नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

झडपका क्रममा केही घाइते पनि भएका छन् । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । तत्कालीन राजा वीरेन्द्र शाह र उहाँको परिवारको हत्या भएको आज २१ वर्ष  पूरा भएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर