माध २८, सप्तरी । सप्तरीका पुर्व जिल्ला पंचायत उप सभापति तथा जसपा नेपालका नेता स्व. भुपेन्द्र प्रसाद चौधरीको १३ अौं पुन्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।अग्निसाईर कृष्णासवरण गाउपालिका जसपा गाउपालिका कार्यसमितिको अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्ष्ाता तथा जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख अातिथ्यमा सम्पन्न सभामा सप्तरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.सुर्यनारायण यादव,जसपा नेपाल संघिय परिषद सदस्य गुणानन्द चौधरी ,मधेश प्रदेश कमिटीका मुख्य सचिव दिनेश कुमार यादव,ज.स.पा. नेपाल सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादव,जिल्ला कोषाध्यक्ष वृजमान तामाङ, जिल्ला उपसचिव रामचन्द्र साह,जिल्ला सदस्य माधुरी चौधरी,जिल्ला सदस्य दिनेश कुमार साह,कंचनरुप न.पा. जसपा नेपाल उपाध्यक्ष कल्पना चौधरी लगायतका नेता कार्यकर्ताहरुको वाक्लो उपस्थितिमा उक्त सभा सम्पन्न भएका हुन।
कार्यक्रममा संवोधन गर्नुहुदै मन्त्री साहले स्व.चौधरी कुशल संगठनकर्ता,निडर स्वाभावका व्यक्ति मात्र नभई कुशल पथ प्रदर्शक रहेकोले स्व. चौधरीसंग हामीलाई सिक्नुपर्ने जरुरी रहेको वताए।उक्त अवसरमा मन्त्री साहले स्व. चौघरीको संमरणमा २५ लाखको लागतमा सामुदायिक भवन यसै वर्ष सम्पन्न हुने धोषना पनि गरे।
प्रतिक्रिया दिनुहोस्