जनकपुरधाम, माघ १४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका निकट समाजवादी विद्यार्थी युनियनले त्रिभुवन बिश्वबिद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युनियनले ध्यानाकर्षण पत्र बुझाएका छन्।
मुलुक यति बेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै अघि बढिरहेको छ । तथापि हजारौ शहिदहरुको बलीदानीबाट स्थापित गणतन्त्रलाई पूर्णता दिन भने बाकी नै रहेको छ । यो अर्थमा संविधानले व्यवस्था गरेका प्रावधानहरुलाई पूर्णरुपमा लागु गराउन राज्यका सम्पूर्ण निकायहरुले जिम्मेवारपूर्वक प्रतिवद्ध हुन जरुरी छ।
विगत एक दशक भन्दा बढी वर्ष देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोकिएको छ । मिनि संसदको निर्वाचनको रुपमा परिभाषित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियता सकारात्मक देखिन्छ।
महान सहिदहरुको बलिदानीबाट स्थापित स्ववियू एक संस्था मात्र नभएर आम विद्यार्थीहरुको हक हित तथा अधिकारहरुलाई स्थापित गर्ने साझा मञ्च समेत हो । तथापि त्रिवीले मिति २०७९ चैत्र ५ गते गर्न तोकिएको निर्वाचनलाई सहि अर्थमा सफल बनाउनको लागि हाम्रो संगठन र त्रिवीबीचमा भएको सहमति अनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री समक्ष युनियनका ध्यानाकषर्ण सहित जोडदार माग गर्दछौं।
























