Advertisement
☰

समाजवादी युवा संघ मधेश प्रदेशको अध्यक्षमा निराला

न्युजडेस्क
२०८० पुष २१, शनिबार १७:३४

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल(जसपा)का भातृसंगठन समाजवदी युवा संघ मधेश प्रदेशको अध्यक्षमा उमेश निराला चयन भएको छ ।
हिजो शुक्रबार अबेर राति जनकपुरधाममा बसेको समाजवादी युवा संघ नेपाल मधेश प्रदेश समितिका कार्यदलले सो निर्णय गरेको हो । यसअघि उपाध्यक्ष रहेको निरालालाई अध्यक्षको जिम्मेवारी तोकिएको समाजवादी युवा संघ नेपालको केन्द्रिय महासचिव दिलिप कुमार पटेलले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष निराला सहित ३७ जनाको समिति गठन गरिएको हो ।
विभिन्न १० जना उम्मेदवारमाथि भएको छलफलमा कार्यदलले उनलाई अध्यक्ष तोकिएको समाजवादी युवा संघ नेपालका केन्द्रिय अध्यक्ष संजीव कुमार यादवले जानकारी दिए ।
संघका केन्द्रिय अध्यक्ष यादवका अनुसार उपाध्यक्षमा सरोज चौधरी, भुवनेश्वर थापा, र कमलेश यादवलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै मुख्य सचिवको मनिष यादव(ओम) लाई दिइएको छ ।
सचिवमा मनोज कुमार यादव, विजय साह र सुरज महतोलाई चयन गरिएको हो । त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी राजन बैठालाई दिइएको अध्यक्ष यादवले जानकारी दिएका छन् । त्यस्तै सदस्यद्धयमा राकेश कुमार राय, शिवचन्द्र यादव, उपेन्द्र यादव, सुजित कुमार पाण्डे, रविन्द्र कुमार यादव, रमण मिश्रा, अमित यादव, रुपक पटेल, मुकेश यादव र सत्येन्द्र यादव रहेका छन् ।
त्यस्तै, मोनिका शर्मा, दिपु वर्मा, तप्सी यादव, अशोक कुमार यादव, मुकेश ठाकुर, सुरज यादव, दिपक यादव, कैलाश महरान, जय नारायण यादव, शशी यादव, संजीव यादव, रामेश्वर दास, नागेन्द्र यादव, सरोज अधिकारी, दिपेन्द्र यादव, केदार यादव, रामसागर पटेल र महमद दिलकश साह(मियाँ) लाई सदस्यमा चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

जनकपुरधाम,पुस १६ गते ।अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२४ को शुभ अवसरमा जनकपुरधाम स्थित जनजाति कल्याण अाश्रम नेपाल जनक छात्रावासका विधार्थीहरुलाई न्यानो लुगा सहयोग प्रदान गरिएको छ।जनकपुरधाममा एन्टी प्लास्टिक मैनको रुपमा परिचित युवा समाजसेवी कृष्ण चन्द्र साहको सहयोग मा जनक छात्रावासका विधार्थीहरुलाई जाडो बाट बच्नका लागि न्यानो लुगा उपलब्ध गराएको छ।सो अवसरमा प्रदेश सांसद रामअशिष यादव र प्लास्टिक पोलिथिन मुक्त अभियान का संयोजक कृष्ण चन्द्र साहले छात्रावासका विधार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गर्दै संस्कार सहित शिक्षाको महत्त्व माथि प्रकाश पारेका छन।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गुरुकुल परम्परा जस्तै संचालित सो जनक छात्रावासमा देशका विभिन्न स्थान का चेपाङ सहित दलित जनजाति र अादिवासीका वालकहरु अाश्रय लिएर संस्कार सहित शिक्षा ग्रहण गरि रहेको कुरा जनक छात्रावास जनकपुरधामका अध्यक्ष कृष्ण कुमार दिक्षितले जानकारी दिएका छन् ।