जनकपुरधाम,असोज १ गते। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले कोशी प्रदेश सभाका सभामुख अमर बहादुर बिष्टलाई मधेश प्रदेश सभा जनकपुरधाममा स्वागत तथा सम्मान गर्नुभएको छ।
अन्तर प्रदेश भ्रमण क्रममा संघीय शासन प्रणालीको अनुभव आदानप्रदान गर्ने उद्देश्यले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सभामुख यादवले कोशी प्रदेशका उपसभामुख श्रृजना दनुवार, सभाका सचिव, उपसचिव सहितका कर्मचारीहरुलाई मिथिलाको मुख्य प्रसाद मखान,बतासा र मिथिला चित्रकला प्रदान प्रदान गरि गमछा लगाएर सम्मान गरेका छन्।
सो अवसरमा मधेश प्रदेश सभा परिसरमा स्थापित पुस्तकालय अगाडि पार्कमा कोशी प्रदेश सभाका सभामुख बिष्टले रुद्राक्षको बिरुवा रोपन गरिएको छ।


तपाईको प्रतिक्रिया !