Advertisement
☰

काठमाण्डाै उपत्यकामा सुरक्षा सतर्कता बढाइयाे

न्युजडेस्क
२०७७ पुष ७, मंगलवार १४:२२

प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीका साथै सादा पोसाकका प्रहरीलाई पनि उत्तिकै सङ्ख्यामा खटाइएको छ ।

नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएकाे ठाउँहरूमा समेत बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठसमेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । काठमाण्डौको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्गलगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर