Advertisement
☰

जनकपुरमा जसपा पार्टी का नेताहरुद्वारा मधेसी शहिदको सम्झना, श्रद्धाञ्जली अर्पण ।

न्युजडेस्क
२०७७ भाद्र २५, बिहीबार १९:४०

जनकपुरधाम : तेस्रो मधेस आन्दोलनका शहिदहरुको सम्झनामा बिहीबार साँझ जनकपुरको जनक चोकमा श्रद्धाञ्जली सभा गरिएको छ ।

२०७२ भदौं २५ गते (आजकै दिन) मधेसी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ नारासहित जनकपुरको आन्दोलनमा सहभागीता लागि जनतासँग आह्वान गरेको थियो । उक्त आन्दोलनमा जनकपुरमा जनसागर नै उर्लियो । प्रशासनले थेग्न सकेन र दमन गरे ।

प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भयो । सोही क्रममा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाए । गोली लागेर निकु यादब, दिलिप यादब र संजय चौधरी शहिद भएका थिए । उनीहरुको सम्झनामा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली सभा गरियो ।

श्रद्धाञ्जली सभामा प्रदेश साँसद प्रमेश्वर साह, रामअशिष यादब, मेयर लालकिशोर साह, नेताहरु पशुपति यादब, प्रमोद यादब, बिजय भगत, अम्बु साह,आमिन राईन, राम यादव, संजय सिंह, संजय चौधरी, चन्द्रदीप यादव,दिपु कापर, मनोज चौधरी लगायतका नेता तथा कार्यकर्ताको सभागिता थियो । उनीहरुले शहिदको तस्विरमा माल्र्यापण गरे । साथै दिप समेत प्रज्वलन गरियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर