जनकपुरधाम । पछिल्लो आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरुले धनुषाको औरही गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् । साउन महिनादेखि हालसम्म गाउँपालिकाले भत्ता उपलब्ध नगराएको ज्येष्ठ नागरिक मजबुरी मेहताले बताए ।

गाउँपालिकामा भेला भएका करिब डेढ सयजना ज्येष्ठ नागरिकले एक महिनादेखि गाउँपालिकाका अध्यक्ष ब्रहमदेव यादव पनि सम्पर्कमा नआएकाले गाउँपालिकाको कार्यालयमा ताला लगाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्