Advertisement
☰

सप्तरी: बलान नदी नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाए।

न्युजडेस्क
२०७७ आश्विन १३, मंगलवार १९:०३

द प्रदेश टाइम्स /जनकपुरधाम, साउन  सिरहा र सप्तरीको सिमा समेत मानिने बलान नदी नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

सप्तरीको बलान नदी नियन्त्रण तथा रोकथामको लागि आज प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई सम्बन्धित क्षेत्रका प्रदेश सांसद र स्थानिय सरकारले ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रदेश सांसद अभिषेक यादव, बलान गाँउपालिकाका अध्यक्ष दयानन्द यादव र नेता अशोक सहितकाले बलान नदीको उपयोगीतकाका साथै नदीले बाढीको समयमा पुरयाउने गरेको क्षतीको सन्दर्भमा समेत मन्त्री सोनललाई जानकारी गराएका हुन । सो अवसरमा जनता समाजवादी पार्टीकी प्रतिनिधीसभा सांसद रेणु यादव समेतको उपस्थिती रहेको थियो । बाढीको समयमा बलान नदीले जिल्लामा धेरै धनजनको क्षती पहुचाउने गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर