Advertisement

राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ खोज्न लगाउनु जस्तै हो : डा. भट्टराई

न्युजडेस्क
२०७८ आश्विन २७, बुधबार ०८:३३

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहले मंगलबार दिएको दशैंको शुभकामना सन्देशलाई केन्दीत गर्दै एक ट्वीट गर्नुभएको छ।
भट्टराईले ट्वीटर मार्फत पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्न सुझाव दिनुभएको छ । पूर्वराजाले मंगलबार दिएको दशैंको शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क दिनुभएको थियो । उक्त शन्देशलाई केन्दीत गर्दै भट्टराईले पूर्वराजालाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिनुभएको हो ।

भट्टराईले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै रहेको भन्नुभएको छ ।

पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु भट्टराईले सुझाव दिनुभएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर