Advertisement
☰

डा. केसीको समर्थनमा साझा पार्टीको प्रदर्शन

न्युजडेस्क
२०७७ आश्विन २०, मंगलवार १८:४३

२० असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै साझा पार्टीले मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र राख्नुपर्ने माग गर्दै साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवास भएको क्षेत्र बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीले सरकारले डा. केसीको माग बेवास्ता गरेर उनलाई मार्न खोजेको भन्दै सांकेतिक प्रदर्शन गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर