Advertisement

संस्कृति जगेर्नामा थारु समुदायको महत्वपूर्ण योगदान छ : उपसभामुख देव

न्युजडेस्क
२०७८ मंसिर ५, आईतवार ०८:५४

जनकपुरधाम । प्रदेश न २ का उपसभामुख उपमा देवले संस्कृति जगेर्नामा थारु समुदायको महत्वपूर्ण योगदान रहेको बताएकी छिन् । सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित लतियाहीमा शुक्रबार थारु महिला समाजद्वारा आयोजित सामा चकेवा महोत्सव २०७८ को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन।

थारु महिला समाज लतियाहीका अध्यक्ष वविता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देवले देशमा बिभिन्न जातजातीले मनाउने सांस्कृतिक चार्डपर्वले राष्ट्रिय एकतामा टेवा पुग्ने बताईन् । भाषा, संस्कृति र पहिरनमा थारु समुदाय संसारमै धनी छ, उपसभामुख देवले भनिन्, संस्कृति जगेर्नामा थारु समुदायको महत्वपूर्ण योगदान रहेको छ । चार्डवार्डले सामाजिक एकतामा टेवा पुगेको भन्दै देवले देशमा बिभिन्न जातिसमुदायले मनाउने पर्वलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिईन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विनोद चौधरीले नेपालमा मनाईने चाडपर्वको कारण बिश्वमा नेपालीहरुको पहिचान झल्किएको बताए । उनले राष्ट्रको चिनारी गराउने चाडपर्वलाई जगेर्नाका लागि राज्यको उपस्तिथि आबश्यक भएको औलाए।

थारु भाषा तथा संस्कृति बिद् बुद्धसेन चौधरीले भाइ बहिनी बीचको पबित्र प्रेमको प्रतीकको रुपमा रहेको सामा चकेवा पर्वले झुठा प्रवृत्तिले कसैको कल्याण नगर्ने संदेश दिने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले मुलुकमा मनाईने सबै चाडवाडलाई राज्यले बराबरी सम्मान दिनुपर्नेमा जोड दिए । चाडवाडले आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने उनले बताए ।

कार्यक्रममा थारु महिला समाजका केन्द्रिय अध्यक्ष गिता चौधरी,थारु कल्याण कारिणी सभा सप्तरीका सभापति पूर्ण प्रसाद चौधरी, उपसभापति उज्वल चौधरी, थारु महिला सभा सप्तरीका अध्यक्ष संसारी देवि चौधरी, स्थानीय सरिता चौधरी, सचिन चौधरी, प्रमेश्वरी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

स्थानीय प्रमोद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत चन्देश्वर चौधरीले गरे । कार्यक्रममा सामा चकेवाको कथामा आधारित थारु पहिचान झल्किने गित तथा नृत्य प्रस्तुत गर्नुको साथै सामा चकेवाको बिभिन्न आकृतिको रंगिचंगी मुर्तिहरु समेत प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर