Advertisement

दिल्लीलाई झड्का : स्पिनर आश्विन आइपिएलबाट बाहिर

न्युजडेस्क
२०७८ बैशाख १५, बुधबार १६:४७

नयाँदिल्ली । भारतीय क्रिकेटक हस्ती रविचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालु सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । आश्विनले ट्विटरमा लेखेका छन्, “अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो ।”


भारतमा कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर