Advertisement
☰

बिरगंज: भन्सार छलेर ल्याइएका १२ वटा भैंसीसहित दुई जना पक्राउ

न्युजडेस्क
२०७७ आश्विन २३, शुक्रबार ०८:४७

वीरगञ्ज । भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले १२ वटा भैंसीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । फेटा गाउँपालिका–१ रजवटीया टोल बस्ने २३ वर्षीय अरुण हजरा र १९ वर्षीय निकेश पासवानलाई नियन्त्रणमा लिएको हो ।

पाडा-पाडीसहित १२ वटा भैंसी भारतबाट भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा फेटा–१ स्थित सार्वजनिक सडकखण्डबाट हजरा र पासवानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बरामद गरिएका भैंसी तथा पाडापाडीको बजार मूल्य ३ लाख १८ हजार रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ ।

नियन्त्रणमा लिइएका दुवै जनालाई भन्सार ऐन अनुसार आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर