Advertisement
☰

प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यरत कर्मचारीहरु द्वारा सशक्त आन्दोलन गर्ने प्रेस विज्ञप्ति

न्युजडेस्क
२०७७ चैत्र ९, सोमबार २०:१०

प्रदेश २ सरकारले प्रकृयागत भर्ना गरी तलवै नदिएर हटाएकोमा पीडित कर्मचारीहरुले आपत्ती जनाएका छन् ।

उनीहरुलाई प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २,जनकपुरधामले २०७७ भदौं ७ गते विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन गरिएको थियो ।

सो विज्ञापनबाट उक्त कर्मचारीहरु भर्ना भएका थिए । अहिले ति कर्मचारीहरुलाई पूर्व सूचना विना चैत्र ८ गतेदेखि हटाइएको छ ।

कर्मचारीहरुलाई भर्ना भएको मितिदेखि हालसम्मको सुविधा समेत दिइएको छैन । त्यस्कारण पीडित कर्मचारीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उक्त कुराहरु जनाउदै कर्मचारीहरुले आफुहरुको समस्या समाधान गरिदिन सरोकार वाला निकायको ध्यानाकर्षण समेत गराएको छ । सो प्रयोगशालामा ३९ जना कर्मचारी कार्यरत थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर