प्रदेश २ सरकारले प्रकृयागत भर्ना गरी तलवै नदिएर हटाएकोमा पीडित कर्मचारीहरुले आपत्ती जनाएका छन् ।
उनीहरुलाई प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २,जनकपुरधामले २०७७ भदौं ७ गते विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन गरिएको थियो ।
सो विज्ञापनबाट उक्त कर्मचारीहरु भर्ना भएका थिए । अहिले ति कर्मचारीहरुलाई पूर्व सूचना विना चैत्र ८ गतेदेखि हटाइएको छ ।
कर्मचारीहरुलाई भर्ना भएको मितिदेखि हालसम्मको सुविधा समेत दिइएको छैन । त्यस्कारण पीडित कर्मचारीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उक्त कुराहरु जनाउदै कर्मचारीहरुले आफुहरुको समस्या समाधान गरिदिन सरोकार वाला निकायको ध्यानाकर्षण समेत गराएको छ । सो प्रयोगशालामा ३९ जना कर्मचारी कार्यरत थिए ।











