Advertisement

हंसपुर नगरपालिका द्वारा नागरिक आरोग्य समुहलाई योग सामग्री तथा जडिबुटी हस्तान्तरण

न्युजडेस्क
२०७८ आश्विन २५, सोमबार १०:५२

जनकपुरधाम, असोज २५ गते। हंसपुर नगरपालिका वाडा न २ “बाघचौरा पश्चिमवारीटोलमा नागरिक आरोग्य समुहलाई योग मैट २० थान, तिरपाल ३ थान र पोर्टेबलमाइक बजा १ थान हंसपुर नगरपालिकाका मेयर र उपमेयर द्बारा हस्तान्तरण गरियो ।

हंसपुर नगर पालिका आयुर्वेद शाखा द्वारा एक घर पाँच योग र पाँच जड़ीबुटी अभियान कार्यक्रम अंर्तगत नागरिक आरोग्य समुहलाई योग सामाग्री तथा जड़ीबुटी वितरण वडा अध्यक्ष उदय कुमार साह ज्युको अध्यक्षता तथा नगर प्रमुख श्री राम ज्ञान मण्डलको प्रमुख आतिथ्य एवम नगर उप प्रमुख श्री रेणु देवी झाको बिशिष्ट आतिथ्यमा कार्यक्रम सप्पन्न भयो।

त्यसै कार्यक्रम मा पांच ओटा जड़ीबुटी तुलसी,पुदीना, गुर्जो, घीउ कुमारी र असुरों को पौधा सबै सहभागिहरुलाई वितरण गरियो । कार्यक्रमामा नेपालि काग्रेसका जयनारायण कापर, जसपाका शिव चंद्र यादव लहायत वडा सदस्य एवम नागरिक आरोग्य समूहका अध्यक्ष झपसी मण्डल , उपाध्यक्ष बनारसी देवी राउत , कोषाध्यक्ष मैनेजर यादव हरुले नियमित योगाभ्यास संबधी राख्नु भयो ।

नागरिक आरोग्य समुहको कार्य नियमित योगाभ्यास संचालन गराउनुको साथै वृक्षारोपण,सर सफाई तथा स्वास्थय सम्बन्धी जनचेतना जगाउन्ने कार्य रहेकों आयुर्वेद संयोजक राम छविला यादव जिले जानकारी गराऊनु भयो ।

कार्यक्रम मा नगर उप प्रमुख रेणु देवी झा तथा नगर प्रमुख राम ज्ञान मण्डल ज्युले नियमित योगाभ्यास संचालन गरी अन्य टोल मा समेत नागारिक आरोग्य समूह मार्फत दैनिक योग संचालन गराउंन र सबै समुहलाई व्यवस्थित गरी योग समाग्री नगरपालिका ले उपलब्ध गराउने बताउनू भयो ।

साथै क्रियाशील नागारिक आरोग्य समुहलाईं यसै आ व देखी अनुदान समेत दिने नगर प्रमुखले घोषणा गर्नु भयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर