समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव ले संस्कार सहित गुणस्तरीय शिक्षा सुधार मा जोड दिनुपर्ने कुरा बताउनुभएको छ।
अार डि शिक्षा निकेतन विधालय जनकपुरधाम को ७ औं वार्षिक उत्सव समारोह को उदघाटन गर्ने क्रममा समाजवादी नेता यादव ले प्राविधिक, व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको कुरा बताउनुभएको छ।
उहाँले वालवालिकाहरुलाई सानैदेखि पर्यावरण र जैविक विविधता संरक्षण को महत्व लाई अभ्यासको रुपमा वृक्षारोपन, घातक प्लास्टिक पोलिथिन बहिष्कार जस्ता कार्य हरु सिकाउनु पर्ने कुरा मा जोड दिनुभयो।
विधालय का संस्थापक विनोद यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, नेपाल बौद्धिक पेशा कर्मि महासंघ का जिल्ला अध्यक्ष बज्रकिसोर यादव, बुध्दिजिवी पंकज ठाकुर, राकेश नागबंशी सहित का वक्ता हरु ले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मा सहभागी हरुलाई प्रमुख अतिथि प्रदेश सांसद यादव द्वारा पर्यावरण संरक्षण को सन्देश दिदै संस्थापक, शिक्षक र अतिथि हरुलाई क्याड नेपाल ट्रेडर्स जनकपुरधाम को सहयोग मा कपडा को झोला र फलफूल को रुख वितरण गरिएको थियो।











