Advertisement
☰

अर्थमन्त्री पौडेल विरुद्ध जसपाको पनि कालो झणडा

न्युजडेस्क
२०७७ मंसिर ११, बिहीबार १५:५८

अर्थमन्त्री बिष्णु पौडेललाई जनता समाजवादी पार्टीले पनि बुटवलमा कालो झण्डा देखाएको छ ।

आज बिहानै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघको कालो झण्डा प्रदर्शनको सामना गर्दै आजका कार्यक्रममा सरिक भएका अर्थमन्त्री पौडेलले अपरान्ह जनता समाजवादी पार्टीको कालो झण्डाको सामना गरेका हुन् ।

जसपाका कार्यकर्ताहरुलाई आज अपरान्ह १.३० बजे बुटलको योगिकुटीमा कालो झण्डा सहित प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

भ्रष्टाचार र प्रदेश राजधानीसँग मन्त्री पद साटेको लगायतको बिरोधमा जनता समाजवादी युवा सघं बुटवल नगर समितिको अगुवाईमा अर्थमन्त्री पौडेललाई कालो झण्डा तथा प्लेकार्ड प्रदर्शन गरिएको संघका प्रदेश सदस्य विजय ढकालले जानकारी दिए ।

यस अघि आज बिहान कांग्रेस भातृ संगठन तरुण दल र नेविसंघ नेता कार्यकर्ताहरुले आज बिहान बुटवलको नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर