Advertisement
☰

मुस्लिम युवा समाजद्वारा रक्तदानको आयोजना, ४१ ले गरे रक्तदान

न्युजडेस्क
२०७७ मंसिर १४, आईतवार ७:४७

जनकपुरधाम : मुस्लिम युवा समाज नेपाल जनकपुरधामले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको छ ।

जनकपुरधाम वार्ड नं. ८ मा आयोजित रक्तदान कार्यक्रममा स्थानिय युवाहरु सहितकाले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी बल धनुषाका उपरिक्षक नागेन्द्र सेनको समेत विशेष उपस्थिती रहेको सो अवसरमा उनले समेत रक्तदान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोहम्मद कलिमुद्दिन अनसारी, कार्यक्रम संयोजक अब्बदुल अजिज आलम, मिशन दहेज मुक्त समाज प्रदेश नं. २ का अध्यक्ष अब्दुल जब्बार नुरी, नेता साजिद हुसने, जसपा नेपालका केन्द्रीय सदस्य मोहम्मद इजराइल अहमद (रीजवी, मोहम्मद आबिद हुसैन, मदर्शा गुलशन अजमेरीको अध्यक्ष नजामुद्दिन अनसारी, सैनुल मोमिन मुफ्ति शौकत मिशवाही संस्थाको उपाध्यक्ष अलिमुद्दिन राईन, सचिव ईसराफिल अनसारी, सह सचिब अरमान राईन कोषाध्यक्ष सद्दाम दर्जी लगायत सदस्य र समाजसेवीहरुको साथै सशस्त्र प्रहरी बलका जवानहरुको समेत उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर